Sunday, November 20, 2011

सुखद बिचल्ली


अचानक
पुलिसले छापा मार्दा
फेला परेर
मुक्त घोसित बेश्या जस्तो
सुखद बिचल्लीमा
परेको छ देश !


जसले ,एक रात
च्याप्प समातेर
आफन्तको हात
ट्याप्प टाँसेर
सपनाहरुको आँखा
काटेकी थिइ
आफुले घाँसदाउरा गर्ने
डाँडापाखा
उज्ज्यलोको खोजीमा ,
र थाहै नपाई
पुगेकी थिइ
अध्याँरोको गोजीमा !



यो बेला
उसको मुक्त घोसित टाउकोलाई
खाँदैछ एउटा प्रश्नले-
अब को होला उसको आफन्त ?