Monday, December 31, 2012

2012+1



          नयाँ बर्षमा पुरानै


          शुभकामना चाहिएको छ


          देशलाई !


          म्याद थपेजस्तै कसैकसैले,


          थपिदिदै छु !



                         ल,फेरी शुभकामना !


                         HAPPY NEW YEAR once again !!!

निद्रा


कहिलेकाही

राति निद्रा लाग्दैन

अनी सोच्छु

निद्रा नलाग्नुको कारणहरु

एक पछी एक गर्दै आउँछ

पानी ?

बिजुली ?

तरकारी ?

शिक्षा ?

स्वास्थ्य ?

जागिर ?

तलब ?

ऋण ?


महंगी ?


नयाँ(?)संबिधान(?) ?


सरकार ?


कुन चाँही हो ??


सोच्दा सोच्दै


बिउँझीनु पर्ने बेलामा


मलाई निद्राले गाँजेको हुन्छ !


यस्तो हुन थालेको धेरै भयो !!

Sunday, December 23, 2012

रातको अन्तिम प्रहरमा



भर्खरै 

परम्परागत रुपमा 

अन्त्य भएको छ 

एउटा चुरोटको जिन्दगी 

एक -एक सर्को पालैपालो 

हावा र मान्छेले तानेर !


 त्यो मान्छेको 

मस्तिस्कको सुसुम्ना-बिबरमा 

रातको अन्तिम प्रहरमा 

चल्दै छ 

याद र निकोटिनको पैठेजोरी !


 धेरै टाढा र कहिले धेरै नजिक 

भुकेका छन कुकुरहरु 

रात , रात भर जागेर

र उसलाई पटक्कै मन परेको छैन 

यो समय !


 हठात् 

भुक्दै गरेको टेबुल-घडिमा 

चुरोट झोसेर 

एस्ट्रे  बनाइदिएपछी 

उु निभाउन खोज्दैछ 

आफ्ना आँखाहरु 

केही सपनाहरुले !    

यस्तो

म यस्तो थिइन
बिल्कुल बदलिएको छु 
आफ्नै टाउकॊ आफ्नो जस्तो लाग्दैन
आफ्नै छाती आफ्नो जस्तो लाग्दैन 
मुटूको ढुकढुकी 
आरनको खलाती जस्तो सुन्छु 
आफ्नै आनुहारले घुरेर हेर्छ !

मध्यरात
आफ्नो  
साख्खै आफ्नो आँखाले 
असार बोलाउँछ 
म बोलाउँछु 
आफ्नै कानले सुन्दैन 
म अघि सर्न खोज्छु 
आफ्नै खुट्टा 
लम्पसार पर्छ !

यतिका बाबजुद 
मलाई थाहा छ 
म यस्तो थिइन 
र म यस्तो हुनेछुइन !