Tuesday, March 6, 2012

जातियता

कुन जातका 'कवि' हौ ? हावाले सोध्यो ।

मैले कविता रोके
उु सँग धेरै पातहरु पनि आएका थिए
पातहरुका हात हातमा डाली थिए !
 
मैले डराउँदै भने
'मानव '
पातहरुले मुखामुख गरे
एउटा झार जस्तो पातले
मेरो हात बाट कविता खोस्यो
र भन्यो
'यसको कविता हरियो छ , हावा साहेब !'

हावाले भन्यो
'हाम्रो जङल राज्यमा बस्नु छ भने
हरियै लेख्नु' !!