Wednesday, January 29, 2014

गफ

केहि दिन अघि इमरानले सोध्यो 'कसको सरकार बन्छ अब दाई ?'

'पूँजीबादी पार्टीहरुलाई खाने बेलामा मिल्नुपर्ने मज्जाको बाध्यता आइपर्छ | 'बाँडफाँड' र 'भागबन्डा'मा केहि दिन किचकिच परेको जस्तो हुन्छ ! अनि अनायास भोक बढ्छ र कुरा मिल्छ | सहमति भैहाल्छ | सरकार त कांग्रेस र एमालेकै बन्छ | यो प्राकृतिक कुरा हो |', मैले इमरान तिर हेरेर भने !

होइन दाइ , राजनीति हो , कांग्रेस र माओबादी मिलेर सरकार बनाउन सक्छ | ' उसले भन्यो |
'इम्पोसिबल' मैले हाँस्दै भने |
इमरानले भन्यो 'बाजी टेक्ने दाई ?'
'अहो यस्तो कुरामा बाजी टेक्न पाउँदा के नटेक्नु ?'
'ल बाजी '
ल के बाजी ?
अँ के बाजी के बाजी ?
ल , खसी बाजी |
हुन्छ ल | तिमीले हार्ने पक्का छ इमरान |
खसीको ज्यान जोखिममा छ |
(आखिर हाम्रो कुरा पनि 'खाने' मै गएर टुंगियो , कम्युनिस्ट के बनिएला खै ?)