Tuesday, December 27, 2011

साहित्यमा रोगहरू



नेपाली साहित्यमा चाकरी र चाप्लुसी त पुरानो रोग हो अचेल त्यसमा नयाँ नयाँ आवरणमा जातियताको संकुचित बिचार मिसाइदैछ । राजनीति र समाजको प्रभाव साहित्यमा छिटो पर्छ । साहित्य लेख्नेले जातियताको साघुँरो घेरामा आफु कैद हुँदैछु कि जातिय पहिचान खडा गर्दैछु भन्ने थाहा नपाउँदा नेपाली साहित्यमा अचेल गुट , गुटको भेला र गोस्टी हुन्छ । प्रकाशन र प्रचार हुन्छ । प्रसंशा गरिन्छ र पुरस्कार दिइन्छ ।सटिक भाषामा भन्दा नेपाली साहित्यमा जातिबादी राजनीति घुसेको छ । जुन साहित्यको स्वास्थ्यलाई र हाम्रो समाजलाई हानिकारक छ ।भलै कुनै जातिय राजनीतिलाई फाईदा पुग्ला ।


कुनै समय थियो जब साहित्यकारहरु मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन लेख्थे ।नेपाली साहित्यमा र समाजमा अत्यन्तै लोकप्रिय यो भनाइमा जातियताको बिरोध छ । र त्यसमा सर्वकालिक साहित्यिक सौन्दर्य पनि छ ।
समाजमा जातिय उत्पीडन छ । त्यो उत्पीडन यतिबेला आएर साहित्यमा अलि सघन रुपमा मुखरित भएकै हो । र त्यो हुनै थियो । जातिय मुक्ति ,जातिय पहिचानको लागि साहित्य लेख्दा साहित्यको क्यान्भासमा एउटै रङ धेरै पोतिएर भद्दा देखिने तिर ध्यान गएको देखिदैन । भूमिकाले भनेको 'नबिन प्रयोग , कलात्मक प्रस्तुती ,मुक्तिको रङ , साहित्यको कोसेढुङा ' लाई मात्र आधार मान्ने हो भने पनि नेपाली साहित्यमा धेरै कोसेढुङा भाईसके तर साहित्य झन गतिहिन भएको छ , गतिछाडा भएको छ ।


साहित्य समाजको ऐना हो भन्दैमा हाम्रो जस्तो बिबिधता भएको र भर्खरै द्व्न्द बाट गुज्रेको समाजमा , समाजलाई सिकाउनेगरी लेख्ने हो कि समाजकै सिको गर्ने हो ??