Monday, February 17, 2014

बुझ मायालु
आँखा नै बिगार्ने
सपनाहरु
त मैले पनि देखेको होइन !

हावाले उडाउने
प्रिती
 त मैले पनि लाएको होइन !


केहि दिन भो 
ऊ  सँग ऊ भित्र 
एउटा लास छ 
त्यसलाई अझै पनि 
आस छ 
त्यसको प्राण फर्किन्छ !


Thursday, February 13, 2014

Take care

As U pretend to wish
I will try to be a (.) 
or a (!) 
instead of a (?)
and leave the (....) 
or "if only" for you. 
This much I love you. 
Take care.

The clouds change 
the wind blows away
water flows
true love sticks 
deep in heart
remodelling it permanently.

All I can say 
to all those moments 
crossing my brain 
tearing my heart 
is 
just be in past now.
All I can say is
take care.

I repeat 
as you pretend to wish
I will try to be a (.) 
or a (!) 
instead of a (?)
and leave the (....) 
or "if only" for you. 
This much I love you. 
Take care.




Monday, February 10, 2014

मृत अनुहार

आफ्नो अनुहार हेरे
धेरैबेर 
र आज घोसणा गरे
मृत अनुहार !

रस निचोरिएको कागती जस्तो 
अचानक चेट भएको चंगा जस्तो 
हठात् समाउँदा समाउँदै 
हातबाट खसेर 
पोखिएको एक गिलास 
रक्सी जस्तो !

न उत्साहको आभा 
न क्रोधको आगो 
न लोभको लेस 
न प्रेमको मुहान 
आचानक 
कस्तरी फेरिएको छ 
अनुहार !

निधारले अतिक्रमण गरेछ 
र अलिमाथि सरेछ 
उमेरको रेखा !

एकमनले त यस्तो लाग्यो 
मारिदिऊँ यो अनुहार 
जसले अब 
बास्तबिक हाँसो हाँस्न सक्दैन 
जसले अब अभिनय गर्नुपर्छ सधै !


अब बाँच्ने औपचारिकतामा 
सिक्नु छ 
यो मृत अनुहारलाई 
बाँचेको अभिनय गर्न !

त्यसो त 
म कलाकार थिइन   
जीवनमा कला होस् या नहोस 
बेपर्वाह बाँचेको थिए 
भन्ने नै हो भने 
अलिकति हाँस्नलाई 
धेरै धेरै मातेको थिए 

नशा उत्रिदा 
हाँसो उत्रेको 
एक बिहान 
आफ्नै अनुहार 
आफ्नो जस्तो लागेन !
र अब अभिनय सिक्न चाहन्छु !
यो सडेको रंगमंचमा 
म रंगहीन अनुहार 
दात देखाऊँन चाहन्छु 
म सँग पनि छन् अझै 
निकोटिनले डढेका 
दुरुस्त ओठहरु 
मुस्काउँन चाहन्छु !

















एस्ट्रे

मेरो छाती एस्ट्रे हो
तिमी जति सल्क 
अरुको ओठले चेपिएर 
अरुको स्वादमा 
तिमीले निभ्न 
मेरै छातीमा आऊँनु पर्छ !

बाटोमा हिड्दा हिड्दै 
कसैले पिएको चुरोटजस्तो 
होइनौ तिमी !
तिमी त्यस्तो हुन सक्दैनौ !
जसलाई पिएर जो कोहिले 
कुल्चेर हिडोस जुत्ताले 
र 
स्वाद लिएर निभाओस् 
सडकको पेटीमा 
'प्रेमपूर्वक' (?) 

मलाइ बुझेको दिन तिमी 
रुझेर , भिझेर आउँनेछौ 
र म हातमा टवेल लिएर 
ढोकामा हुनेछु !

हो , मेरो टवेल केहि भिजेको हुनेछ 
मेरा आशुहरुले 
त्यतिबेला !

कुनैदिन जब बुझ्ने छौ 
कति राजनीति हुदो रैछ 
जीवनमा पनि 
मायामा पनि !
र फर्कनेछौ 
केहि होइन रहेछ 
भन्दै !
म आह्वान गर्नेछु 
तिमीलाई प्रेमको !

म बहुला 
म हार्डलाइनर 
म यो बिद्रोही 
या सपाट पहरोमा कुहिना जोत्ने 
अम्मली !

मेरा आँखालाई एकपल्ट 
होइन धेरै पल्ट पखालेर 
जब म सोच्छु 
निकै पर तिम्रा पाइलाहरु 
बिपरित दिशामा हिडेका छन् 
मलाई आँखा अहिले नै 
सधैको लागि चिम्ली दिन मनलाग्छ !

तर म रोकिन्छु 
कि मलाई हुदैन बिस्वास / कि म मान्दिन सब झुट थियो -
त्यति राम्रो कलाकार तिमी हुनै सक्दैनौ 
तिमीले  मलाई प्रेम नगरेको हुनै  सक्दैन !
............................................................
.........................................
.....................!







Saturday, February 8, 2014

र झरी परिरहन्छ !

जसरी तसरी
तिमी सामु
मुस्कुराएको थिए
बदलामा चाहिएको थियो
तिम्रो मुस्कान !

तिमी हिउँ
भएर जमेकी थियौ
म चिया सोध्दै थिए
तिमीले चुरोट भन्यौ
अनि
दुबैले बालेका थियौ
मौनता !

यस्तै यस्तै 
अनगिन्ती भेटहरु 
बाटो दोबाटो 
फुलिरहे !

आजपनि 
म हिड्छु तिनै बाटाहरु 
दोबाटोमा अडिन्छु 
र हेर्छु हामीले छोडेका युगल पदचिन्हहरु 
केहि गुलाफी यादहरु 
र हाँसिरहेको हुन्छु बिल्कुल एक्लै 
कि 
बटुवा आँखाहरुले 
मेरो ओठमा देख्छन -पागलपन
 र जसै म रोक्छु ओठ 
भिजेको पाउँछु गालाहरु 
र यसपाला मलाई रोक्न 
केहि कसैले सक्दैन 
र झरी परिरहन्छ !