Saturday, February 8, 2014

र झरी परिरहन्छ !

जसरी तसरी
तिमी सामु
मुस्कुराएको थिए
बदलामा चाहिएको थियो
तिम्रो मुस्कान !

तिमी हिउँ
भएर जमेकी थियौ
म चिया सोध्दै थिए
तिमीले चुरोट भन्यौ
अनि
दुबैले बालेका थियौ
मौनता !

यस्तै यस्तै 
अनगिन्ती भेटहरु 
बाटो दोबाटो 
फुलिरहे !

आजपनि 
म हिड्छु तिनै बाटाहरु 
दोबाटोमा अडिन्छु 
र हेर्छु हामीले छोडेका युगल पदचिन्हहरु 
केहि गुलाफी यादहरु 
र हाँसिरहेको हुन्छु बिल्कुल एक्लै 
कि 
बटुवा आँखाहरुले 
मेरो ओठमा देख्छन -पागलपन
 र जसै म रोक्छु ओठ 
भिजेको पाउँछु गालाहरु 
र यसपाला मलाई रोक्न 
केहि कसैले सक्दैन 
र झरी परिरहन्छ !







No comments:

Post a Comment