भर्खरै
परम्परागत रुपमा
अन्त्य भएको छ
एउटा चुरोटको जिन्दगी
एक -एक सर्को पालैपालो
हावा र मान्छेले तानेर !
त्यो मान्छेको
मस्तिस्कको सुसुम्ना-बिबरमा
रातको अन्तिम प्रहरमा
चल्दै छ
याद र निकोटिनको पैठेजोरी !
धेरै टाढा र कहिले धेरै नजिक
भुकेका छन कुकुरहरु
रात , रात भर जागेर
र उसलाई पटक्कै मन परेको छैन
यो समय !
हठात्
भुक्दै गरेको टेबुल-घडिमा
चुरोट झोसेर
एस्ट्रे बनाइदिएपछी
उु निभाउन खोज्दैछ
आफ्ना आँखाहरु
केही सपनाहरुले !
No comments:
Post a Comment