मेरॊ हातमा एउटा गीतको किताब छ !
किताबको स्थिति -
त्यस्को गाता छैन ! आहिले पृष्ठ २१ नै त्यो किताबको पहिलो पाना हो र पृष्ठ ८0 अन्तिम ! त्यो किताब कति मोटो थियो मलाइ थाहा छैन ! त्यो मैलो छ ! त्यसमा मेरो आमाको औलाका डामहरू छन् !किताबको बारे -
पृष्ठ ५ ८ मा लेखिएको छ -
'गीत र संगीतको मिठासले काममा रोचकता र उत्साह ल्याउँछ '
पृष्ठ ६१ मा लेखिएको छ -
'कला यदि राजनीतिको यन्त्र बन्दैन भने त्यो समयको बर्बादी मात्र हो '-राल्फ फक्स !
त्यसैगरी पृष्ठ ६८ ले भन्छ-
जनताको गीतहरु गाइ जनताको सेवा गरौ !
सचेत र सभ्य समाजको निर्माण गरौ !
किताबको नाम 'जनताका गीतहरु ' होला भन्ने मेरो अनुमान छ !
मेरी आमाले यी गीतहरु घरमा र तिजको दिनमा जमघटमा गाउँदा म सुन्थे मात्र
बुझ्दिन थे ! आज बुझ्छु ! आमाको स्वरको याद बाँकी छ !
आज धेरै पछि त्यो किताब हेरे ! केहि गीत बाड्न मन लाग्यो !
नजाउ अंग्रेजी पल्टनमा ( रचना -स्व गोकुल जोशी / संगीत - रामेश)
गरीबीको सुस्केरामा रुन्छ तिम्रो आत्माबेचिदिन्छौ जिन्दगीनै बिदेशीको हातमा
रिन तिर्न नसकेर बिदेशमा झर्छौ
अङंग्रेजको जालभित्र चालै नपाई पर्छौ
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !
मलायाको जनताको आन्दोलनलाई
नेपालीको तागतले दबाउनलाई
तिमीलाई कटाउँछ मलायामा लगी
जनताको ज्यान जान्छ रगतमा बगी
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !
मलायाका जनता हुन् हामी जस्तै दुखी
आफ्नो हक खोजेका छन् हुनलाई सुखी
पेट पाल्छौ आफू जस्तै गरीबलाई मारी
आजादी र शान्तिलाई खतरामा पारी
नमार गरीबलाई, नजाउ अङ्रेजी पल्टनमा !
युरोपका चुसाहाको थूक किन चाट्छौ ?
मलायाको गरीबको शिर किन काट्छौ ?
अङ्रेजलाई चढाउँछौ मानवको मासु
मलायाका युवक र युवतीको आँसु
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !
काम गर्छौ रुझीभिजी तिम्रै घर खाली
सामन्तले पोको पार्छन बर्खाभरको बाली
आसा मर्यो जीवनको शोषणले गर्दा
खान नपाई आन्द्रा सुकी बाल बच्चा मर्दा
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !
गरीबले बनाउँछ सात तले महल
महलमा शोषकले गर्छन् चहल पहल
गरीबले बनाउँछन् बन्दुकका गोली
गरीबकै रगतमा मनाउँछन् होली
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !
रगत र पसिनाले कमाएको धन
हाम्रो मुख मारी कस्ले खाँदो रैछ भन
स्वदेशमै बस तिमी निकालेर जोस
शोषकको हातबाट आफ्नो हक खोस
नमार गरीबलाई,नजाउ अङ्रेजी पल्टनमा !
-साहुको रिन (रचना -श्याम तमोट )
साहुको रिन तिर्न भनी गाको मेरो छोरोमेरो बाबा हर्कजीत फेरि फर्केन
आँसुमा दिन बिते बिरहमा रात
मेरो बाबा हर्कजीतलाई थाहै भएन !
बिदेशमा गई वीर गति पाइस भन्थे
मेरो बाबा तेरो देशले केही पाएन
अर्काको लागि मरिस् नेपाली छोरो तँ
मेरो बाबा देशको पीर बुझ्दै बुझिनस्
मर्ने त मेरो छोरो मरेर गई गो
मेरो छोरा बाँच्नेले त पीर बुझन
अर्काको लागि छोरा बेच्ने रिति तोड्न
मेरा छोरा एक भई अघि बढन !
No comments:
Post a Comment