Wednesday, March 19, 2014

धेरै अघि बिबिसी नेपाली सेवामा सुनेको कुरा पुर्व-अर्थसचिव रामेश्वर खनालको लेखमा हुबहु परेको छ र त्यसले राम्रै चर्चा पनि पाएको छ |
हो नेपालका धेरै घरमा खाना पकाउन दाउरा नै प्रयोग हुन्छ | म पनि दाउरा बाल्नेकै छोरो हु |
अर्थशास्त्रको धेरै ज्ञान त छैन तर म जस्ता धेरै किसानको छोराछोरीको घरमा हुने अर्थव्यवस्ता थाहा छ | खनाल सरको लेखमा धेरै सत्यता छ र धेरै मिथ्या पनि छ |
नेपालको गाउँले उपभोग नगर्ने पेट्रोलियमको भाउँ बढ्दा किन सधै सधै यी बिद्यार्थी झुण्डहरुको टाउको दुख्छ ? सरको प्रश्न सटिक छ !

आजको नेपालको गाउँ सहर बिना बाँच्न नसक्ने खालका छन् |
छोराछोरी पढाउन , औसधिमुलो गर्न , जसो गर्न पनि दाउरा बाल्ने गाउँ , सहर पस्नु पर्छ | पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबैकुरामा असर गर्छ नेपालमा | यो पनि भोगिएको कुरा हो |
यातायात , र ढुवानी हुने रासन देखि लिएर सब थोकको यसकै कारणले अथवा यसकै बहानाले अब मूल्य बढ्छ | र सरकार ति सब मूल्यवृद्धिमा सहमत हुन्छ | अब १५ रुपैयाँमा पनि कलंकी बाट रत्नपार्क नपुगिने भयो र एक कप चिया पनि २० रुपैयामा नपाइने भयो ! रोजगारी छैन ! उत्पादकत्वमा वृद्धि ल्याउने कार्यक्रम छैन | विद्यार्थीले र सर्वसाधारणले के हेरेर चित्त बुझाउनु पर्ने हो ? कि हामीकहा १५ वर्ष सम्म पटक पटक मुल्यवृद्धि गर्दा पनि सधै घाटामा छु भन्ने आयल निगम छ भनेर गर्व गर्नु पर्ने हो ? गर्नु पर्ने चाहीं के हो ? चुपलागेर बसेर त केहि हुदैन |

बिध्यार्थीको आन्दोलनलाई गलत ढंगले बुझ्नु र चुप लाग भन्नु , उनीहरुलाई घुमाउरो भाषामा तिमीहरुसँग अरबको मरुभूमिमा जोतिने अप्सन छ भन्नु बाहेक के हुनसक्छ ? दाउरा बाल्नेका छोराछोरीले मूल्यवृद्धिको बिरोध गर्नु हुदैन,फाइदा अरुलाई नै हुन्छ घट्यो भने भन्नु गलत हो ! आजसम्म जे जति परिवर्तन भए बिद्यार्थी आन्दोलनकै अग्रसरतामा भए | के त्यतिबेला पनि विद्यार्थीले अरुले पनि फाइदा लिन्छन परिवर्तन पछी भनेर चुप लाग्नु पर्थ्यो ?

सरकारका मन्त्रीहरुलाई र केहि नेताहरुलाई कसो गर्दा लोकप्रिय भइन्छ भन्ने ज्ञान हुँदाहुदै पनि मूल्यवृद्धि गर्नु परेको भन्ने कुरा आएको छ | यो सत्तारोहणसँगै आइपर्ने साझा बाध्यता भएकै हो नेपालका दलहरुको | तर पनि किन सधै सधै लोकप्रिय हुने कार्यक्रम भन्दा यो आलोकप्रिय हुने कार्यक्रमले प्राथमिकता पाउँछ त ? कतै त्यसमा ठुलै नाफा त छैन ?
कतै स्वास्थ्यमा जस्तै तेलमा माफियातन्त्र त छैन ?
दलका बिद्यार्थी संगठनलाई नेतामा बिस्वास छैन ! यो बिडम्बना हो तर यसको बिकल्प के त ? 

आन्दोलनको बिरोधमा जति बोलेपनि सबैले बुझ्नुपर्ने कुरा के हो भने राज्यले जनतासँग न्यायिक रुपमा लेनदेन गर्ने हो | दिन नसक्ने र लिन मात्र खोज्ने राज्य अलोकप्रिय नै हुन्छ ! शिक्षा , स्वास्थ्य , रोजगारी जस्ता जनताका आधारभूत आवस्यकता प्रति उदासिन राज्यका मन्त्रि र बिध्वान सरकारी विज्ञहरुले आफ्नो हितको अर्थशास्त्र बुझाउन खोज्छन संसारभर | तर आधारभूत आवस्यकता पुरा नहुने जनताको चेतनाले आन्दोलन नै बिकल्प देख्छ | डण्डा बर्सदा , गजल त कसैले गाउँन सक्दैन |

सरकारले सामाधान नै चाहेको हो भने अब जनतासँग पनि प्याकेजमै लेनदेन गरे हुन्थ्यो | हामीकहाँ दलहरु आफु आफु मात्र प्याकेजमा लेनदेन गर्छन | सरकारले यो यो गर्छु जनताको हितमा , जनता हो यति मूल्यबृधि खपिदेऊ भनेर गरेर देखाओस् !तब न सरकार | हामीकहाँ त जो आयो मूल्यवृद्धिलाई नै बढावा दिन्छन | कति चुप लाग्नु ? चुप लागेर के हुन्छ ?
बरु कराउनु बेस ! त्यसले मनलाई शान्ति दिन्छ ! सके २ रुपैया घट्छ पनि अस्थायी रुपमा नै सहि !

हो , नेपालमा आन्दोलन गर्नलाई धेरै बिषय छन् | अस्ति भर्खर पनि स्वास्थ्यको बिषयलाई लिएर आन्दोलन भएको थियो | त्यो आन्दोलन जायज हुदाँहुदै पनि बिरोध संसदमा समेत भएको थियो | कतिले तर्क पनि गरे गुरु गोबिन्द केसीको आन्दोलन र सत्याग्रहले स्वास्थ्य क्षेत्रको बिकासमा अवरोध पुर्याउदैछ | स्वास्थ्य क्षेत्रमा सर्वसाधारण निर्मम ढंगले लुटिएका छन् | महँगो निजी शिक्षा क्षेत्रले मुल्यबृदि गर्ने निस्चय गरेकै छ | हेर्ने हो भने आन्दोलन नगर्नुपर्ने कारण केहि भेट्न गाह्रो छ ! सबै कुराले आन्दोलनकै माग गर्छ |

हामीकहाँ बिकास कछुवाको गतिमा आउँछ , मुल्यबृदि खरायोको गतिमा हुन्छ ! यो चित्त बुझ्दैन | आन्दोलन त्यसैको अनुहार हो ! हामी बिद्यार्थीहरुले आन्दोलनको अनुहार कुरूप बनाइहाल्नु हुदैन | त्यसले बेफाइदा नै हुन्छ | तर त्यो त राज्यको सुन्ने र बुझ्ने क्षमतामा पनि निर्भर गर्छ | तर हाम्रो राज्य बदमास भएको धेरै भयो |
















Monday, February 17, 2014

बुझ मायालु
आँखा नै बिगार्ने
सपनाहरु
त मैले पनि देखेको होइन !

हावाले उडाउने
प्रिती
 त मैले पनि लाएको होइन !


केहि दिन भो 
ऊ  सँग ऊ भित्र 
एउटा लास छ 
त्यसलाई अझै पनि 
आस छ 
त्यसको प्राण फर्किन्छ !


Thursday, February 13, 2014

Take care

As U pretend to wish
I will try to be a (.) 
or a (!) 
instead of a (?)
and leave the (....) 
or "if only" for you. 
This much I love you. 
Take care.

The clouds change 
the wind blows away
water flows
true love sticks 
deep in heart
remodelling it permanently.

All I can say 
to all those moments 
crossing my brain 
tearing my heart 
is 
just be in past now.
All I can say is
take care.

I repeat 
as you pretend to wish
I will try to be a (.) 
or a (!) 
instead of a (?)
and leave the (....) 
or "if only" for you. 
This much I love you. 
Take care.




Monday, February 10, 2014

मृत अनुहार

आफ्नो अनुहार हेरे
धेरैबेर 
र आज घोसणा गरे
मृत अनुहार !

रस निचोरिएको कागती जस्तो 
अचानक चेट भएको चंगा जस्तो 
हठात् समाउँदा समाउँदै 
हातबाट खसेर 
पोखिएको एक गिलास 
रक्सी जस्तो !

न उत्साहको आभा 
न क्रोधको आगो 
न लोभको लेस 
न प्रेमको मुहान 
आचानक 
कस्तरी फेरिएको छ 
अनुहार !

निधारले अतिक्रमण गरेछ 
र अलिमाथि सरेछ 
उमेरको रेखा !

एकमनले त यस्तो लाग्यो 
मारिदिऊँ यो अनुहार 
जसले अब 
बास्तबिक हाँसो हाँस्न सक्दैन 
जसले अब अभिनय गर्नुपर्छ सधै !


अब बाँच्ने औपचारिकतामा 
सिक्नु छ 
यो मृत अनुहारलाई 
बाँचेको अभिनय गर्न !

त्यसो त 
म कलाकार थिइन   
जीवनमा कला होस् या नहोस 
बेपर्वाह बाँचेको थिए 
भन्ने नै हो भने 
अलिकति हाँस्नलाई 
धेरै धेरै मातेको थिए 

नशा उत्रिदा 
हाँसो उत्रेको 
एक बिहान 
आफ्नै अनुहार 
आफ्नो जस्तो लागेन !
र अब अभिनय सिक्न चाहन्छु !
यो सडेको रंगमंचमा 
म रंगहीन अनुहार 
दात देखाऊँन चाहन्छु 
म सँग पनि छन् अझै 
निकोटिनले डढेका 
दुरुस्त ओठहरु 
मुस्काउँन चाहन्छु !

















एस्ट्रे

मेरो छाती एस्ट्रे हो
तिमी जति सल्क 
अरुको ओठले चेपिएर 
अरुको स्वादमा 
तिमीले निभ्न 
मेरै छातीमा आऊँनु पर्छ !

बाटोमा हिड्दा हिड्दै 
कसैले पिएको चुरोटजस्तो 
होइनौ तिमी !
तिमी त्यस्तो हुन सक्दैनौ !
जसलाई पिएर जो कोहिले 
कुल्चेर हिडोस जुत्ताले 
र 
स्वाद लिएर निभाओस् 
सडकको पेटीमा 
'प्रेमपूर्वक' (?) 

मलाइ बुझेको दिन तिमी 
रुझेर , भिझेर आउँनेछौ 
र म हातमा टवेल लिएर 
ढोकामा हुनेछु !

हो , मेरो टवेल केहि भिजेको हुनेछ 
मेरा आशुहरुले 
त्यतिबेला !

कुनैदिन जब बुझ्ने छौ 
कति राजनीति हुदो रैछ 
जीवनमा पनि 
मायामा पनि !
र फर्कनेछौ 
केहि होइन रहेछ 
भन्दै !
म आह्वान गर्नेछु 
तिमीलाई प्रेमको !

म बहुला 
म हार्डलाइनर 
म यो बिद्रोही 
या सपाट पहरोमा कुहिना जोत्ने 
अम्मली !

मेरा आँखालाई एकपल्ट 
होइन धेरै पल्ट पखालेर 
जब म सोच्छु 
निकै पर तिम्रा पाइलाहरु 
बिपरित दिशामा हिडेका छन् 
मलाई आँखा अहिले नै 
सधैको लागि चिम्ली दिन मनलाग्छ !

तर म रोकिन्छु 
कि मलाई हुदैन बिस्वास / कि म मान्दिन सब झुट थियो -
त्यति राम्रो कलाकार तिमी हुनै सक्दैनौ 
तिमीले  मलाई प्रेम नगरेको हुनै  सक्दैन !
............................................................
.........................................
.....................!







Saturday, February 8, 2014

र झरी परिरहन्छ !

जसरी तसरी
तिमी सामु
मुस्कुराएको थिए
बदलामा चाहिएको थियो
तिम्रो मुस्कान !

तिमी हिउँ
भएर जमेकी थियौ
म चिया सोध्दै थिए
तिमीले चुरोट भन्यौ
अनि
दुबैले बालेका थियौ
मौनता !

यस्तै यस्तै 
अनगिन्ती भेटहरु 
बाटो दोबाटो 
फुलिरहे !

आजपनि 
म हिड्छु तिनै बाटाहरु 
दोबाटोमा अडिन्छु 
र हेर्छु हामीले छोडेका युगल पदचिन्हहरु 
केहि गुलाफी यादहरु 
र हाँसिरहेको हुन्छु बिल्कुल एक्लै 
कि 
बटुवा आँखाहरुले 
मेरो ओठमा देख्छन -पागलपन
 र जसै म रोक्छु ओठ 
भिजेको पाउँछु गालाहरु 
र यसपाला मलाई रोक्न 
केहि कसैले सक्दैन 
र झरी परिरहन्छ !