Saturday, September 17, 2011

लाजको भाषण

लाज लाग्छ 
लजाउँछु 
लजाउँन पाउनु मेरो अधिकार हो 
म जनता हुँ !

सधैं सुन्छु 
धेरै सुन्छु 
दिनदिनै सुन्छु 
तर जान्दिन गर्न 
भाषण !
म जनता हुँ !

मसँग छन् मेरा 
सुस्केराहरु 
चित्कारहरु 
हाहाकारहरु 
के त्यसको भाषाण हुन्छ ?
लाज लाग्छ 
लजाउँछु
के लाजको भाषण हुन्छ ?

तिमीलाई टि. भि. मा देख्दा लजाउँछु 
 रेडियोमा सुन्दा  लजाउँछु
अखबारमा पढ्दा   लजाउँछु
तिम्रो बारे चिया पसलमा गफ गर्दा लजाउँछु 
जतिजति बेला घर्किदै गाको छ 
म उतिउति लजाउँदैछु 
के यो लाजको भाषण हुन्छ ?

म कोसिश गर्दैछु 
लाजको भाषण बनाउन 
भएछ भने एकदिन 
तिम्रो कानको जाली पक्कै भत्काउँला !!    

No comments:

Post a Comment