Friday, September 16, 2011

प्रतिक्षा


भिँजेको चस्मा अगाडि
क्रम बिगारेर लेखिएको
ए , बि ,सी ,डी ...
लाई थिचेर
म सपार्न खोज्छु
यहाँ देखि त्यहाँ सम्मको
यो मुटु देखि त्यो मुटु सम्मको
बर्णाणुक्रम
हत्केलाको वाईपर सक्रिय छ
चस्मा अगाडि
र चस्मा पछाडि
ब्यग्र प्रतिक्षामा छन्
एक जोडी आँखाहरु...

No comments:

Post a Comment