Friday, September 16, 2011

उहापोहहरु...


मधुरो प्रकाश !


निद्रा र अनिन्द्राको दोभानमा 
चोबिएका आँखाहरु !


 निख्रिदै गएको कपालमा 
देब्रे हात 
र 
दाहिने हातमा 
झोक्राइरहेको कलम !


 झ्यालबाट आइरहेको 
'आ~~~~'र चर्को संगीत !


 मनको भित्तामा कुदिँएको 
तस्बिरबाट 
तप्किदै गरेको याद !


 अनि 
यादको झरीले छिन्न-भिन्न 
उहापोहहरु...

No comments:

Post a Comment