Friday, September 16, 2011

तिमी नै देउु शिर्षक


म अस्ताएको रात
भएछ यदि भने बर्षात
भिज्न दिनु
रुझ्न दिनु मलाई
आकाशका आँशुहरुले
चिसिन दिनु
तेसै पनि म
रुघाखोकी भन्दा पर
औषधी भन्दा पर हुनेछु ।

आगोको हतार नगर्नु
ए मान्छे हो !
नगर्नु हतार आगोको  
सम्झी दिनु
त्यो लास जिउँदो छदा
धेरै जलेको थियो
कसैको मायामा !!

No comments:

Post a Comment