Saturday, September 17, 2011

बालुवाका छालहरु


आङ्मा घाम दर्काएर
बालुवामा पल्टिएर
टोलाए निलो पानी तिर
र देखे तिमीलाई
छालहरु पर्तिर !

साँच्चै , साँच्चै ,हो साँच्चै ,
मैले निलो पानीलाई तिमी देखे
बालुवालाई आफू देखे
अनि त्यो
कहिले उर्लने
कहिले ओर्लने
छालहरुमा
हाम्रो सम्बन्धको आयाम देखे !

पत्याइनौ अझै
भो म सक्दिन बुझाउन
ल आँफै छोइ हेर
छालहरुले निथ्रुक्क भिजेर
आङ्मा घाम दर्काएर
टोलाउँदैछ  उसैगरी
'बालुवा' ,
बालुवामा  पल्टिएर
यादका छालहरु बोकेर !!

No comments:

Post a Comment